काठमाडौं, असोज १४ । नेपालले माल्दिभ्स विरूद्धको टी२० क्रिकेट खेलमा शानदार प्रदर्शन गरेको छ । कुशल मल्ल र कप्तान रोहित पौडेलको राम्रो ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।
चीनको हाङ्जाओमा जारी एसियाड क्रिकेट प्रतियोगितामा आज नेपालले माल्दिभ्ससँग टस जितेर पहिले ब्याटिङ रोजेको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा नेपाली ब्याट्सम्यानले सुरुमा संघर्ष गरेका थिए ।
नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाउन सफल भयो । नेपाली ब्याट्सम्यान गुलशन झाले ३५ रन बनाए । उनले २१ बलको सामना गरे।
रोहितले कप्तानी पारी खेल्दै अर्धशतक बनाएका छन् । रोहितले सर्वाधिक ५२ रन बनाए भने कुशल मल्लले २० बलको सामना गर्दै ४७ रन बनाए ।
स्कोरबोर्डः
कुशल भुर्तेलः ३५ रन
आसिफ सेख: ६
विनोद भण्डारी: १३
सन्दीप जोरा: ५
गुल्सन झा: ३५
रोहित पौडेल: ५२
कुशल मल्ल: ४७
दीपेन्द्र सिं ऐरी: ६
सोमपाल कामी: १