Kath khabar
एसियाली खेलकुद : माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश

 

                काठमाडौं, असोज १४ ।  १९औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी(२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको हो । नेपालका लागि  तीव्र गतिका बलर अभिनाश बोहराले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए ।

नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो ।

नेपालका बलरहरू सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए । माल्दिभ्सका लागि मुभिथ गान्नीले सर्वाधिक ३६ रन बनाएका थिए ।

नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update