Kath khabar
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई प्रधानमन्त्रीको निर्देशन

 

               काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता  नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिएर पुरानो मुल्यसूची कायम गर्न निर्देशन दिएका छन् । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ ।

प्रधानमन्त्रीले मूल्य घटाउन निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्री शर्माले त्यस सम्बन्धमा आयल निगमले सूचना जारी गर्ने बताइन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update