सुन तस्करी छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
काठमाडौं, असोज १४ । सरकारले सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको हो।
आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् । आयोगले सुनको अवैध तस्करी र पैठारी सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्ने सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले जानकारी दिइन् ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय