Kath khabar
फिर्ता लियो आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि


                  काठमाडौं, असोज १४ ।  नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो फिर्तासँगै अब पुरानै भाउ अर्थात् २९ भदौ रातिबाट लागू भए अनुसारको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा मन्त्रिपरिषद् बैठकबाटै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिइएको थियो। 

त्यसलगत्तै आयल निगम व्यवस्थापले एक सूचना जारी गर्दै मूल्यवृद्धि फिर्ता लिएको जनाएको हो। मूल्यवृद्धि फिर्ता लिएपछि हुने घाटा रकम मूल्यस्थिरीकण कोषबाट भर्पाई हुने निगमले जनाएको छ।

अब बजारमा सोमबार बिहान देखि पेट्रोल १८३, डिजेल र मट्टीतेल १७३ तथा आन्तरिक हवाई इन्धन र १३६ रुपैयाँ प्रतिलिटरमा नै किनबेच हुनेछ। त्यस्तै, बाह्य हवाई इन्धन १.०३६ डलर प्रति किलोलिटर र खाना पकाउने एलपी ग्यास १,८०० सय रुपैयाँ प्रति सिलिन्डरमा नै कारोबार हुनेछ।

noc1696151207.jpg

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update