Kath khabar
पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको अख्तियारको निष्कर्ष

 

                         काठमाडौं, असोज १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा सुनको जलहरी निर्माणमा अनियमिता भएको ठहर गरेको छ । आयोगले पशुपतिनाथको जलहरी राख्ने क्रममा १ किलो ४९१ ग्रामभन्दा बढि सुन अनियमितता भएको बताएको छ ।

अख्तियारले अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा.मिलनकुमार थापा र कोषका तत्कालीन स्टोर किपर अरुण कुमार श्रेष्ठलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

करिब तीन महिनाभन्दा लामो अनुसन्धानपछि अख्तियारले जलहरी प्रकरणमा मुद्दा दर्ता गराएको हो । जलहरी प्रकरणमा विवाद चुलिएपछि अख्तियारको टोलीले जलहरी निकालेर सुन जोखेको थियो ।

 

 

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update