Kath khabar
अनमोल केसीलाई हाजिरी जमानीमा छाडियो


                   काठमाडौं, असोज १५ । अभिनेता अनमोल केसी हाजिरी जमानीमा रिहा भएका छन् । सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई आइतबार साँझ प्रहरीले रिहा गरेको हो ।
 
आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी छोड्न सक्ने कानूनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेको भन्दै ‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले गत भदौ ८ गते उनीविरुद्ध आपराधिक विश्वासघातको उजुरी अपराध महाशाखा बानेश्वरमा दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनलाई शुक्रबार दिउँसो साँगाबाट पक्राउ गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update