स्लाइसको बोतलमा कालो अखाद्य पदार्थ भेटिएपछि बरुण वेभरेजलाई २ लाख जरिवाना
काठमाडौं, असोज १५ । स्लाइसको बोतलमा कालो लेदो भेटिएपछि काठमाडौं महानगरले बरुण वेभरेजलाई २ लाख जरिवाना गरेको छ ।
उपभोक्ताको गुनासो पछि गरिएको अनुगमनको क्रममा काठमाडौं महानगरपालिका-३२ स्थित कालिमाटीमा सञ्चालित बरुण वेभरेजमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ ।
अनुगमन टोली वेभरेजको कार्यालय पेप्सीकोला पुगी त्यहाँका अधिकारीहरुसँग बन्द स्लाइसको बोतलमा भेटिएको कालो पदार्थ देखाएर यसको गुण र अवस्थाका विषयमा प्रश्न गर्दा जवाफ पाउन नसकेपछि जरिवाना गरिएको हो ।
यससँगै टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रासायनिक र भौतिक गुणस्तर परीक्षण गर्न, यस लटमा उत्पादन भइसकेको पेय पदार्थ फिर्ता ल्याउनलगायत निर्देशन दिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय