१ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको बियर कम्पनीमै लगेर नष्ट
काठमाडौंको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो । विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले यो महिनाको शुरुवात देखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ
काठमाडौं, असोज १५ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै १ करोड रुपैयाँको बियर नष्ट गरेको छ ।
बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइए पछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको विभागले जनाएको छ । काठमाडौंको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हो ।
विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागले हिजो काठमाडौंको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ । पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको विभागले जनाएको छ ।
विभागले यो महिनाको शुरुवात देखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय