Kath khabar
युरोकपः क्रोयशिया अन्तिम १६ मा

यूरोप, असार ९ । क्रोएशिया युरोकपको नक आउट चरणमा प्रवेश गरेको छ । समुहको अन्तिम खेलमा स्कटल्यान्ड माथि तीन एक गोलको शानदार जीत हात पारेपछि क्रोएशियाले उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । ग्लास्गो स्थित ह्याप्डेन पार्कमा भएको खेलमा समुह चरण पार गर्नका लागि जित्नै पर्ने दवावमा  थियो ।

१७ औं मिनेटमा विश्वकपको उपविजेता क्रोएशियाले अग्रता लियो । उसका लागि इभान पेरिसिचको पासमा निकोला भ्लासिचले गोल गर्नुभयो । क्रोएशियाले पहिलो हाफमानै अग्रता गुमायो । ४२ औं मिनेटमा स्कटल्यान्डका क्यालम मेकग्रेगरले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याउनुभयो ।

स्कटल्यान्डको , युरोकपमा सन १९९६ पछिको पहिलो गोल हो । दोस्रो हाफमा क्रोएशिया आक्रमक रुपमा प्रस्तुत भयो । ६२ औं मिनेटमा लुका मोड्रिचको उत्कृष्ट गोल पछि क्रोएशिया पुन खेलमा फर्कियो । मोड्रिच, युरो कपमा क्रोएशियाका लागि गोल गर्ने सवैभन्दा कान्छो र बढी उमेरको खेलाडी बन्नुभएको छ । उहाँले २००८ मा अस्ट्रिया विरुद्ध २२ वर्ष २ सय ७३ दिनमा गोल गर्नुभएको थियो । स्कटल्यान्ड  विरुद्ध ३५ वर्ष २ सय ८६ दिनमा गोल गर्नुभएको हो । ७७ औं मिनेटमा मोड्रिचको फ्रि किकमा पेरिसिचले गोल गरेपछि क्रोएशियाले समुह उपविजेताका रुपमा नक आउट चरणमा स्थान बनायो ।  पहिलो खेलमा इङल्यान्ड संग पराजित भएको क्रोएशियाले दोस्रो खेलमा चेक रिपब्लिक संग बराबरी खेलेको थियो ।

तीन खेलबाट चार अंक जोड्दै समुह डी को उपविजेता बन्यो । स्कटल्यान्डको भने पहिलो पटक मुख्य प्रतियोगिताको नक आउट चरण पुग्ने सपना फेरी अधुरै रह्यो । विश्वकप र युरो गरी स्कटल्यान्ड समुह चरणबाटै बाहिरिएको यो एघारौ पटक हो । युरोकपमा, इङल्यान्ड, चेक रिपब्लिकलाइ एक शुन्य गोलले पराजित गर्दै समुह डी को विजेता बनेको छ । 

वेम्बली स्टेडियममा भएको खेलमा इङल्यान्डलाइ १२ औं मिनेटमानै रहिम स्र्टलिङले अग्रता दिलाउनुभएको थियो । सोही गोलनै उसका लागि निर्णायक बन्यो । इंग्ल्याण्डले यस अघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update