काठमाडौंको गौशालामा चक्कु प्रहार गरी फरार, एकजना घाइते
काठमाडौं, असोज १५ । काठमाडौंको गौशालामा एक जना व्यक्तिमाथि चक्कु प्रहार भएको छ।
प्रहरीका अनुसार गौशालामा अवस्थित एक डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् । घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिको खोजि भइरहेको छ । घटनास्थलबाट कटुवा पेस्तोल पनि बरामद भएको प्रहरीले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय