काठमाडौंको टोखामा लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा ६ जना व्यक्तिहरु पक्राउ
काठमाडौं, असोज १५ । काठमाडौंको टोखा नगरपालिका–३ थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रूपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय