यौन दुर्व्यवहारको आरोप लागी निलम्बनमा परेका एसएसपी योग बहादुर पालले दिए राजीनामा
महिला प्रहरी हवल्दार माथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समिति समेत गरेको थियो
काठमाडौं, असोज १५ । महिला प्रहरी माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योग बहादुर पालले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए।
महिला प्रहरी हवल्दार माथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समिति समेत गरेको थियो।
समितिले उनलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो। त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो।
निलम्बनमै रहेका एसएसपी पालले राजीनामा दिएसँगै प्रहरी प्रधान कार्यालय नक्सालले स्वीकृतीका लागि गृहमा पठाएको हो।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय