Kath khabar
१९औँ एसियाली खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

 

                       काठमाडौं, असोज १६ ।  १९ औँ एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले २०३ रनको लक्ष्य पाएको छ ।

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमाटस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको हो ।

नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए। जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए।

भारतका ओपनरद्दय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए।

नेपालका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरिले पहिलो सफलता दिलाएका थिए। नेपालका लागि दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update