६.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु बझाङको चैनपुर
यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो
काठमाडौं, असोज १६ । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय