Kath khabar
बझाङमा आधा घन्टामा २ ठूला भूकम्प, दर्जन भन्दा बढी घर भत्किए

 

                 बझाङ, असोज १६  ।  बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन  केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले थलारा गाउँपालिका-९ को सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविस पाथिभेरा लगायतका ठाउँमा दर्जन भन्दा बढी घर भत्किएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

सिरेटामा मात्रै ४० वटा घर पूर्ण रूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयो । भूकम्पका कारण अन्य ठाउँहरुमा समेत घरहरू भत्किएको स्थानीयले जानकारी दिएका छन् । 

भूकम्प गएपछि स्थानीय सडक, खुला चौरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरीले बताउनुभयो । अहिले क्षतिको विवरण लिने काम भइरहेको उहाँको भनाइ छ ।

यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रविन्दु भएर ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update