Kath khabar
बरिष्ठ गायिका दिलमाया खातीको निधन

 

                काठमाडौं, असोज १७ ।  बरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मनु भएकी खाती लामो समय देखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।  उँहाको गएराति निधन भएको हो । 

दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आउनु भएको थियो । काठमाडौं आएका बेला आफन्तकोमा उँहाले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उँहाले नेपाली गीत गाउन शुरु गर्नु भएको हो।

अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ। संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उँहाले गीत गाउनु भएको छ ।

नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो । नारायण गोपालको आग्रहमा उहाँले बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा बोलको गीत गाउनुभयो । जुन अहिले पनि निकै लोकप्रिय छ । उहाँले १ सय ५० भन्दा धेरै नेपाली गीत गाउनु भएको जानकारी साहित्यकार प्रकाश सायमीले दिनुभयो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update