बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ
काठमाडौं, असोज १७ । बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार सकुन्तला थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोकुल थापा भएको बैंकिङ्ग कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका जिल्ला भक्तपुर, सूर्यविनायक न.पा.वडा नं.०१ बस्ने वर्ष ५१ को गोकुल थापालाई पक्राउ गरिएको हो ।
फरार प्रतिवादी थापालाई कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरी मंगलबार आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय