आमरण अनशन थालेकी भारती सर्वोच्च परिसरमै ढलिन, उपचारका लागि वीर अस्पताल लगियो
आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि उनी त्यसको प्रतिपादमा आजबाट अनसन बसेकी हुन्
काठमाडौं, असोज १७ । रिगल भनिने योगराज ढकालको कैद मिनाह विरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छिन् ।
आजबाट आमरण अनशन थालेकी उनी सर्वोच्च परिसरमा न्याय माग्न पुगेकी थिईन् । सर्वोच्च परिसरमा पुग्नासाथ उनी बेहोस भएर ढलेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा लगिएको छ ।
आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि उनी त्यसको प्रतिपादमा आजबाट अनसन बसेकी हुन् ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय