संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस ३ दिने भ्रमणका लागि नेपाल आउँदै
२९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए
काठमाडौं, असोज १८ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा आउने भएका छन् । २६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिएका छन् ।
उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नेछन् । त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए ।
२९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महाचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय