सन् २०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने
फिफाले सन् २०३० को विश्व कप ३ वटा महादेशका ३ देशमा हुने जनाएको हो । त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन्
काठमाडौं, असोज १८ । सन् २०३० को विश्व कप फुटबल ३ वटा महादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।
फिफाले सन् २०३० को विश्व कप ३ वटा महादेशका ३ देशमा हुने जनाएको हो । त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन् ।
साथै विश्वक पका ३ उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् । यो निर्णयलाई अर्को वर्ष हुने फिफा कङ्ग्रेसले अनुमोदन गर्नेछ । उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकप आयोजना गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय