काठमाडौं, असोज १९ । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि देशका धेरै ठाउँको मौसम अहिले आंशिदेखि सामान्य बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ। यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो प्रणालीको असर कम छ । तर, अन्य प्रदेशमा भने असर रहिरहेकाले ती प्रदेशमा आज हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।