बाँके, असोज १९ । बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान सूचना निकालेर बिहान ६ बजे देखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी रहेको जनाएको छ ।
नेपालगञ्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का ४ किल्ला भित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने तथा हुलदङ्गा, अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने जनाएको छ ।
कर्फ्यु आंशिक हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । नेपालगञ्जमा चहलपहल बढेको छ । पसल, विद्यालय खुलेका छन् ।