काठमाडौं, असोज १९ । काठमाडौंको महाराजगञ्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा बिहीवार हिजो ज्यान गएको हो ।
यही असोज १० गते काठमाडौं महानगरपालिका-४ पञ्चकन्यामा रहेको आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसरकाठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
मृतक चौधरी ९ दिन अघि श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिएकी थिईन । उनको कोखामा १ राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।
लक्ष्मण चौधरी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत हुन् । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।