अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्पमा १०० ज्यान गयो, १ हजार भन्दा धेरै घाइते
भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ
काबुल, असोज २१ । अफगानिस्तानमा गएको भूकम्पमा परेर १०० जनाको ज्यान गएको छ । १ हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको बीबीसीले जनाएको छ ।
भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरुको खोजी तथा उद्दारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली ३ वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ । अफगानिस्तान पनि नेपाल जस्तै भूकम्पीय जोखिम युक्त देश हो ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ११:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय