Kath khabar
मनसुन पश्चिमी क्षेत्रबाट बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै

 

                  काठमाडौं, असोज २१ ।  नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै छ । अबको ३/४ दिनसम्म नै कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रको पूर्वी क्षेत्रमा मनसुनी प्रणाली रहने मौसमविद् गोविन्द झाले जानकारी दिनुुभयो । 

उहाँका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश र लुम्बिनी प्रदेशका १/२ ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भने मनसुन बाहिरिसकेको छ । यी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update