असोज २९ गते देखि दशैँका लागि नयाँ नोट सटही
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ
काठमाडौं, असोज २१ । दशैँका लागि नयाँ नोट सटही असोज २९ गते देखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।
राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्था मार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ । मुख्य गरी दशैँका लागि नयाँ नोटको माग उच्च हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १४:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय