Kath khabar
हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि अझै १ जना सम्पर्क विहीन

 

                गाजा, असोज २२ । इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्प भित्र हमास विद्रोहीले आक्रमण गरेकोमा १ जना अझै बेपत्ता छन् । ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् ।

११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरू मध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरी कहाँ सुरक्षित छन्।

ज्यान गुमाउनेहरूमा नारायणप्रसाद न्यौपाने घोडाघोडी-४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी-६ बझाङ, आशिष चौधरी बौनिया-३ कैलाली, दिपेशराज विष्ट लेकम-५ दार्चुला, आनन्द साह सपही-६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन-१ सुनसरी, राजन फुलरा पाचनली-३ डोटी, पदम थापा लमिखल-८ डोटी, प्रवेश भण्डारी शारदा-३ सल्यान, लोकेन्द्रसिंह धामी मालिकार्जुन-४ दार्चुला रहेका छन् ।

सल्यानका विधान सेजवाल, दाङका प्रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ । कञ्चनपुरका विपिन जोशी बेपत्ता छन् । सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेका दूतावासले जनाएको छ ।

israel1696829809.jpg

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update