निर्माता सुदर्शन बस्नेतको जाहेरीमा ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल पक्राउ
आफ्नो अनुमति विना सो चलचित्र प्रसारण गरी १ करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै निर्माता बस्नेतले ठगी, आपराधिक विश्वासघात तथा आरापराधिक लाभ लिएको भन्दै गत भदौ १५ गते जाहेरी दिएका थिए
काठमाडौं, असोज २२ । ओएसआर डिजिटल प्रालिका सञ्चालक ओम प्रकाश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार दरबारमार्गबाट पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘प्रसाद २’ चलचित्रका निर्माता सुदर्शन बस्नेतले दिएको जाहेरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आफ्नो अनुमति विना सो चलचित्र प्रसारण गरी १ करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै निर्माता बस्नेतले ठगी, आपराधिक विश्वासघात तथा आरापराधिक लाभ लिएको भन्दै गत भदौ १५ गते जाहेरी दिएका थिए।
सोही कसुरमा सुदर्शन थापा र मिलन श्रेष्ठ विरुद्ध समेत जाहेरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय