व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो
माओवादी केन्द्र, एमाले हुँदै राजतन्त्र फर्काउने ‘अभियान’मा लागेका प्रसाईंले पछिल्लो समय विभिन्न व्यवसायी र नेता लक्षित विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्
काठमाडौं, असोज २२ । ब्यावसायी दुर्गा प्रसाइलाई काठमाडौंको जमलस्थित होटल यल्लो प्यागोडा अगाडि एक समूहले कालोमोसो दलेको छन् ।
सोमबार सो होटेलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर निस्कने वेलामा अज्ञात व्यक्तिले उनीमाथि कालो तरल वस्तु छ्यापेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
माओवादी केन्द्र, एमाले हुँदै राजतन्त्र फर्काउने ‘अभियान’मा लागेका प्रसाईंले पछिल्लो समय विभिन्न व्यवसायी र नेता लक्षित विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय