पोखरा, असोज २३ । पोखरामा स्वरुप परिवर्तन गरी समाजमा होहल्ला गराउँदै हिँडने २२ वटा मोटरसाइकल प्रहरीले नियत्रणममा लिएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यलय कास्कीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएका प्रहरी टोलीले पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुबाट ति मोटरसाईकल नियत्रणमा लिईको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्ने विभिन्न कम्पनीका मोटरसाईकललाई आवश्यक कारबाही गरी परिवर्तन गरिएको स्वरूप हटाई अभिभावकको रोहबरमा जिम्मा लगाई छाडिएको कास्की प्रहरीले जनाएको छ । यस्तै सो अभियान निरन्तर रहने प्रहरीले जनाएको छ ।