अफगानिस्तानमा फेरि अर्को ६.३ रेक्टरस्केलको भूकम्प
यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात शहर देखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर १,००० जना भन्दा धेरैको ज्यान गएको छ
काबुल, असोज २४ । अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६.३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात शहर देखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर १,००० जना भन्दा धेरैको ज्यान गएको छ ।
शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन भने बाँकी छ । भूकम्प पिडितलाई खानेकुरा, कम्बल लगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय