काठमाडौ, असार ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा दुुई हजार चार सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । देशभर गरिएको पीसीआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा आज बुधबार थप दुुई हजार चार सय २१ जनामा संक्रमण पुष्टि भएको होे, मन्त्रालयले भनेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी सात हजार चामर सय ६१ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको गरिएको थियो । जसमध्ये पीसीआर परीक्षणबाट एक हजार पाँच सय ११ जनामा र सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी चार हजार नौ सय ५३ जनाको एन्टिजेन परीक्षणमा नौ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशका विभिन्न ठाउँमा गरी ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो समेत गरी हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार आठ सय ९४ पुगेको छ । यस अवधिमा काठमाडौ उपत्यकामा भने चार सय ९७ कोरोना संक्रमित भएका छन् । सो मध्ये काठमाडौमा तीन सय ४६ जना, भक्तपुरमा ५७ जना र ललितपुरमा ९४ जना संक्रमित थपिएका छन् ।