आईसीसी एकदिवसीय क्रिकेट विश्वकप : अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य
दुवै टोलीको यो दोस्रो खेल हो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो । भारत १ खेलमा २ अङ्क सहित तालिकाको चौथो स्थानमा छ भने अफगानिस्तान १ खेलमा अङ्क विहीन हुँदै नवौँ स्थानमा छ
न्यु दिल्ली, आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको छ ।
दिल्लीको अरुण जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनायो । अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाईले ६२ रन जोडे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र हार्दिक पान्ड्याले २ विकेट लिए ।
दुवै टोलीको यो दोस्रो खेल हो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो । भारत १ खेलमा २ अङ्क सहित तालिकाको चौथो स्थानमा छ भने अफगानिस्तान १ खेलमा अङ्क विहीन हुँदै नवौँ स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय