Kath khabar
बझाङको भाटेखोला केन्द्रविन्दु भएर मध्यरातमा फेरि भूकम्पको धक्का

 

              बझाङ, असोज २५ । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्पको धक्का गएराति १२ बजेर २२ मिनेटमा गएको हो । फेरि पनि धक्का बझाङ केन्द्रबिन्दु बनाएर गएको हो ।

मध्यराती १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्नीच्यूडको भूकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केही दिनदेखि लगातार ठूलै भूकम्प गइरहेका कारण बझाङ आसपासमा धनजनको क्षति हुनुका साथै त्रासको वातावरण उत्पन्न भएको छ । गएरातिको भूकम्प पश्चात् मानिसहरु आत्तिएर मध्यरातमै घरबाहिर पुगेको स्थानीयहरुको भनाई छ ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update