Kath khabar
फिफा विश्व कपको छनोट खेलमा आज नेपाल र लाओस खेल्दै

 

                काठमाडौं, असोज २५ ।  फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले आज लाओससँग  खेल्दैछ ।

खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले २ जना नयाँ खेलाडी सहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । दोस्रो खेल भने अक्टोबर १७ तारिखमा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update