Kath khabar
आज रिगललाई आममाफी दिने निर्णय विरुद्धको मुद्दामा सुनुवाई हुँदै

 

                  काठमाडौं, असोज २५ ।  नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल (रिगल) को कैद मिनाहा विरुद्ध सर्वोच्चमा दायर रिटमा बिहीबार सुनुवाइ हुँदैछ ।

रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले दायर गरेको रिट माथि बिहीबार सुनुवाइ हुन लागेको हो ।

एक साता अघि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो । कानून व्यवसायीहरूले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिन सक्ने भन्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकार माथि नै प्रश्न उठाएका थिए ।

सुनुवाइमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।

रिगल सहितको समूहले २०७२ असारमा नेपालगन्जको धम्बोझी चोक नजिक चेतनको खुँडा प्रहार गरी हत्या गरेको थियो । मानन्धर हत्याको १ महिना पछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update