Kath khabar
एसीसी यू–१९ क्रिकेटमा इरानमाथि नेपालको फराकिलो जित


                   काठमाडौं, असोज २५ । १९ वर्षमुनिको एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ईरानलाई २७४ रनले पराजित गरेको छ ।

मलेसियाको वाईएसडी (यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो ।

इरानका लागि ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए ।

नेपालको इनिङ्समा कप्तान देव खनालले शतक प्रहार गरे भने दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए । तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५० बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update