Kath khabar
 गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते ३ जना प्रहरी नियन्त्रणमा

 

                 काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते भएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूह माथि गोली चलाउँदा १ जना घाइते भएको र ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाए पछि पुगेको प्रहरीलाई देखे पछि लुटेरा समूहले हतियार निकाले पछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले’, उनले भने,’आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं । १ जना घाइते भएका छन् ।’

प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडा मुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पताल अत्तरखेलमा उपचार भइरहेको छ।

सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा प्रहरीको नियन्त्रणमै छन्। उनीहरूबाट एउटा पेस्तोल ७ राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ।

नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ ।  उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update