Kath khabar
दरबारमार्गस्थित कासा लाउञ्जमा साँगीतिक दशैँ साँझ हुँदै


                     काठमाडौं, असोज २५ । यही आउँदो शनिवार आश्विन २७ गते दशैँको मुखैमा दरबारमार्गस्थित कासा लाउञ्जमा साँगीतिक साँझ हुन गइरहेको छ।

पारिवारिक वातावरणमा खोलिएको प्रिमियम लाउञ्ज एण्ड बारले स्थापनाको केही समयमै आफ्नो ग्राहकहरुको मन जित्न सफल भएको छ। हाल दरबारमार्गकै एक व्यवस्थित अनि सबैले रुचाएको कासा लाउञ्जले आफ्ना ग्राहक, शुभचिन्तक तथा इस्टमित्रहरूसँग एकआपसमा दशैँको शुभकामना साटासाट गर्ने उद्देश्य आँउदो शनिवार नेपालको वरिष्ठ पप गायक हरिश माथेमालाई लिएर साँगीतिक साँझ आयोजना गर्ने भएको छ।

आँखाको नानी हौ तिमी, केही सोधेर तिमीलाई मैले, स्वप्निल रङ्गमा रंगिएकी तिमी जस्ता दर्जनौं गीतका सर्जक तथा गायक माथेमाको नेपालमा धेरै समयको अन्तरालपछि हुन लागेको यो नै पहिलो साँगीतिक कार्यक्रम हुनेछ। गायक माथेमालाई साथ दिन विदेश जाने मायालु तिमीलाई जस्ता सदावहार गीतका गायक तथा संगीतकार दीपक थापाको समेत प्रस्तुति रहनेछ।

यो कार्यक्रमलाई सफल पार्न कासा लाउञ्ज एण्ड बारले भव्य तयारी समेत गरेको छ । नेपालको वरिष्ठ पप गायकद्वय हरिश माथेमा तथा दीपक थापाको साङ्गीतिक प्रस्तुतिपूर्व कासा लाउञ्जको हाउस ब्याण्ड हिमालयन कासाको समेतको रमाइलो प्रस्तुति रहने छ। कार्यक्रम सञ्चालनको जिम्मा पाएका द भ्वाइस अफ नेपालका कार्यक्रम सञ्चालक सुशील नेपालले कार्यक्रममा अझ थप उर्जा थप्ने कुरामा कसैको दुई मत रहने छैन।

यस कार्यक्रमलाई अझ भव्य रुपमा सफल पार्न नेपालका अरु थुप्रै पप गायकहरूको समेत सहभागी हुने कुरा आयोजक कासाले जानकारी गराएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update