Kath khabar
युरोकपः स्लोभाकियामाथि पाँच गोलको शानदार जित पार्दै स्पेन युरोकपको अन्तिम १६ मा

यूरोप, असार १०। स्लोभाकियामाथि पाँच सुन्य गोलको शानदार जित पार्दै स्पेन युरो कपको अन्तिम १६ प्रवेश गरेको छ ।

सेभियामा भएको खेलमा घरेलु टोली स्पेनले पहिलो हाफमै दुई सुन्य गोलको अग्रता बनाएको थियो । सूरुवात देखि नै आक्रमक देखिएको स्पेनका लागि पाँचौँ मिनेटमा अल्भारो मोरोटाले गरेको प्रहार मार्टिन डिब्राप्काले बिफल बनाइदिनुभयो । ११ औँ मिनेटमा स्लोभाकियाका जेकुब रोमोडाले कोकेमाथि फउल गरेपछि पाएको पेनाल्टीमा मोराटा, गोल गर्न असफल हुनुभयो । उहाँले गर्नुभएको प्रहार डिब्राप्काले उत्कृष्ट डाइभिङ गरि बचाउनु भएको हो । १९ औँ र २० औँ मिनेटमा पेद्रीले स्पेनलाई अग्रता दिलाउने मौका गुमाउनु भयो ।

३० औँ मिनेटमा स्पेनले उपहार गोल मार्फत अग्रता बनायो । साराबियाले झण्डै ३० यार्ड टाँढाबाट गर्नुभएको प्रहार टप बारमा लागेर माथि उडेको थियो । जसलाई क्लियर गर्न खोज्दा उहाँले आफ्नो पोष्टमा गोल गर्नुभएको हो । त्यसपछि जिराड मोरेनोले दिनुभएको पासमा एमेरिक लापोर्टले गोल गरि स्पेनको अग्रतालाई दोब्बर बनाउनु भयो । ५६ औँ मिनेटमा पाब्लो साराभियाले डिबक्स नजिकैबाट गोल गरि स्पेनलाई तीन सुन्यले अघि राख्नु भयो । जोर्डि अल्बाले दिनुभयो क्रसमा उहाँले गोल गर्नुभयो थियो ।

६६ औँ मिनेटमा साराबियाले दिनुभएको पासमा वैकल्पिक खेलाडी फेरान टोरेसले गोल गर्नुभयो । उहाँले मैदान छिरेको मात्र एक मिनेटमा पहिलो टचमै गोल गर्नुभएको हो । ७१ औँ मिनेटमा स्लोभाकियाले अर्को आत्मघाती गोल गर्यो । बक्स भित्र टोरेसले गर्नुभएको हेडर प्रहारलाई क्लियर गर्न खोज्दा येहाइ कोज्काले आफ्नै पोष्टमा गोल गर्न पुग्नु भएपछि स्पेनले पाँच गोलको शानदार जित हात पारेको हो । युरोकपमा स्पेन यति ठुलो अन्तरको जित हात पारेको पहिलो पटक हो । यो जित पछि पाँच अंक बनाएको स्पेन समुहको उपबिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । यता स्लोभाकिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update