Kath khabar
खोकनामा १२ वर्षे रुद्रायणी देवीको मेला शुरु

 

               ललितपुर, असोज २९ ।  ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शुरु भएको छ ।

हिजो देखि शुरु भएको मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । धार्मिक तथा तान्त्रिक महत्त्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने काम यसअघि नै भइसकेको छ ।

गुफा पछि १२ वर्षे मेला औपचारिक रुपमा शुरु हुने गर्छ । विशेष गरी खोकनाका बासिन्दाले मनाउँदै आएको मेलामा सिकाली, खड्क, रुद्रायणी लगायतको जात्रा देखाइन्छ ।  जात्रा अन्तर्गत आउँदो कात्तिक ३ गते शिकाली जात्रा हुने र ४ गते नाच प्रदर्शन गरिने श्रीरुद्रायणी गुठीले जनाएको छ ।

मेला अवधि भर खोकनामा जात्रा र देवी नाच प्रदर्शन गरिन्छ । १२ वर्षको अन्तरालमा आउने रुद्रायणी देवीको मेला विशेष रहेको ललितपुर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update