रुस, असार १० । स्वीडेन समुहको बिजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्वीडेनले पहिलो हाफमै एक सुन्य गोलको अग्रता बनाएको थियो । स्वीडेनले खेलको सुरुवातमै अग्रता बनाएको थियो । दोस्रो मिनेटमै इमाइल फोर्सबगले गोल गर्नुभएको हो । एलेक्जान्डर इसाकलाई डिफेन्डरले रोक्न खोज्दा फुत्किएको बलमा फोर्सबर्गले सहज गोल गर्नुभएको हो ।
१७ ओँ मिनेटमा रोबर्ट लेवान्दस्कीले गर्नुभएको प्रहार बारमा लागेर फर्किएपछि पोल्याण्डले बराबरी गोल फर्काउने अवसर गुमाएको हो । पिटर जेलेनस्कीले दिनुभएको क्रसमा लेवान्दस्कीले गर्नुभएको हेडर प्रहार बारमा लागेर फर्कियो । त्यसपछि फेरी एक उहाँले गरेका प्रहारमा फेरी बार नै बाधक भएपछि पोल्याण्डले बराबरी गोल फर्काउन असफल भएको हो । दोस्रो हाफको ५९ औँ मिनेटमा फोर्सबगकै गोलमा स्वीडेनले अग्रता दोब्बर बनाएको थियो ।
६१ ओँ मिनेटमा स्टार खेलाडी लेवान्दस्कीले गोल गरि अन्तर घटाउनुभयो । यसपटक पनि जेलेनेस्कीले नै पास दिनुभएको थियो । ८४ औँ मिनेटमा रोबर्ट लेवान्दस्कीले गोल गर्नुभएपछि पोल्याण्डले दुई-दुईको बराबरी बनाएको थियो तर भिक्टोर क्लासियनले गोल गर्नुभएपछि स्वीडेनले खेल जितेको हो । यो पराजय पछि स्टार खेलाडी लेवान्दस्कीको पोल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । यता स्वीडेनले तीन खेलबाट सात अंक बनाउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।