Kath khabar
गाजामा ‘युद्धविराम’ को समाचार इजरायलद्वारा अस्वीकार


                  काठमाडौं, असोज २९ । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ।

यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ। इजराइल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो।

तर नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहरूले इजिप्टतिरबाट पर्खिरहेका छन् तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एल–अरिस सहर छोडेका थिएनन्।

सोमबार बिहान इजराइली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुई वटा सडकमा हमला नगर्ने बताएको थियो।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update