Kath khabar
इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याइदै

 

                    काठमाडौं, असोज ३० । द्वन्द्वग्रस्त इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ। मंगलबार इजरायलको चेल अविवबाट भारतीय विमानमार्फत सरकारले १९ नेपालीको उद्धार गरेको हो ।

स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीको उद्धार गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।

इजरायलबाट फर्कनेहरुमा आतिस गुरुङ, निश्चल श्रेष्ठ, नन्दसिंह भुल, राजकुमार मानन्धर, सुजेन्द्र खड्का, हिना खाँण, प्रतिमा तिम्सिना, प्रतिभा रौनियार, अनुमा डंगोल, जुनु गुरुङ, मौसमी पाख्रिन, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ नेपाल फर्कन लागेका हुन् । यसअघि पहिलो चरणमा सरकारले इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याइसकेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update