Kath khabar
आज अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस

 

                 काठमाडौं, असोज ३०।  आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ ।

चरम गरिबी विरुद्ध एकजुट भएर लड्न तथा गरिवी सम्बन्धी जानकारी विश्वभर आदान प्रदान गर्ने उद्देश्यका साथ संसार भर यो दिवस मनाइन्छ । यो वर्ष अर्थात सन् २०२३ को गरिवी निवारण दिवसको नारा ‘सबै जनासँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स-सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने रहेको छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ ।

गरिवीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिव हुन् भनि व्याख्या गरेको छ । विश्वका गरिबहरु मध्ये झण्डै ९० प्रतिशत गरिवहरु एसिया र अफ्रिकामा बसोवास गर्छन । नेपालमा कुल जनसंख्याको १७.५ प्रतिशत अर्थात करिव ५० लाख मानिसहरु गरिबीको रेखामुनी रहेका छन् । सामान्य अर्थमा बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरूको अभाव हुने अवस्थालाई गरिवी भनिन्छ ।

विश्व बैङ्कको प्रतिवेदन हेर्ने हो भने पछिल्ला वर्षमा लगभग ९ करोड देखि १२ करोड मानिस गरिवीको चपेटामा परेका छन् । परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आम मानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका छन् । नेपालमा दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिवीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।

नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ । तर ती कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । नेपालमा गरिवी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक-फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिवी घट्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update