Kath khabar
आजदेखि थापाथलीस्थित खाद्य कम्पनीले उपत्यकामा खसी बोका र च्याङ्ग्रा विक्री गर्दै

 

                  काठमाडौं, असोज ३०।  खाद्य तथा ब्यापार कम्पनीले उपत्यकामा आजदेखि खसी बोका र च्याङ्ग्रा विक्री शुरु गर्ने भएको छ ।

कम्पनीले विभिन्न जिल्लाबाट संकलन गरी ल्याएका खसी बोका र च्याङग्राको स्वास्थ्य परीक्षण गरी आजदेखि विक्री गरिने जनाएको हो । कम्पनीका अनुसार जिउँदो खसी बोकाको मुल्य प्रति किलो ६८० रुपैयाँ तोकिएको छ भने च्याङ्ग्रा प्रति किलो १ हजार २६० रुपैयाँ तोकिएको छ । यो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट समेत हुनेछ ।

कम्पनीले हिमाली जिल्लाहरुबाट १ हजार च्याङ्ग्रा र देशका विभिन्न जिल्लाहरुबाट २ हजार खसी बोका उपत्यका ल्याएको हो । कम्पनीको थापाथली कार्यालय परिसरबाटै खसी बोका र च्याङ्ग्रा विक्री गरिने छ । विक्री गर्नु अघि खसी बोका र च्याङग्रा परीक्षण गरी चिन्ह लगाइएको छ ।

शुद्ध र स्वस्थ्य खसी बोकाको सिङमा ‘हरियो’ र कमसल खसी बोकाको सिङमा रातो रङ लगाइएको छ । खसी बोका र च्याङ्ग्रा बिक्री गर्न थालेको खाद्य ब्यापार कम्पनीले आजदेखि कात्तिक १० गतेसम्म खाद्यान्न लगायतका सामग्रीको बिक्री भने बन्द रहने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update