नगर प्रहरी प्रमुख राजु पाण्डेको बढुवा
काठमाडौं, कात्तिक १ । काठमाडौं महानगरपालिकाले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।
महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक (एसपी) पाण्डेलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान अनुसार कार्यपालिका बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेका ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको हो ।
समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो। कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको हो।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय