Kath khabar
इजरायलबाट थप १८ नेपालीको उद्धार, आज नेपाल आइपुग्दै

 

                 काठमाडौं, कात्तिक १ । नेपाल सरकारले इजरायलबाट आज थप १८ नेपालीको उद्धार गरेको छ । इजरायलमा आतंकवादी समूह हमासको लडाकु हमलापछि उनीहरुलाई भारतीय विमानमा उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि नेपाल एयरलाइन्समा इजरायलबाट २५३ नेपाली विद्यार्थीलाई स्वदेश फर्काइएको थियो । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उद्धार उडानमा आज इजरायलको तेलअभिभबाट ती नेपालीहरु स्वदेश फर्किएका छन् ।

स्पाइस जेटको विमानबाट १८ नेपाली स्थानीय समय अनुसार बिहान ९ बजे तेल अवीभबाट उड्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फर्काउन दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्था गरेको मन्त्री साउदले जानकारी दिए ।

उद्धार गरिएका नेपालीहरू भारतको राजधानी नयाँ दिल्लीबाट गौरीफन्टा नाका हुँदै नेपालको कैलाली जिल्ला प्रवेश गर्नेछन् । जिल्ला प्रशासन कार्यालय कैलालीले कैलालीबाट उद्धार गरिएका नेपालीलाई आ-आफ्नो ठाउँमा पठाउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरुको शव कानुनी प्रक्रिया पूरा गरी दुई/तीन दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने पहिचान नभएका अन्य शवको पहिचानको काम भइरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update