काठमाडौं, कात्तिक १ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सिरिजअन्तर्गत आज नेपालले युएईसित पहिलो खेल खेल्दैछ । खेल काठमाडौंको माथिल्लो मूलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ। सिरिजको फाइनलबाहेक सबै खेल मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । फाइनल खेल असोज १० गते हुनेछ।
आईसीसी टी–२० विश्वकप छनोट अघि हुन लागेको सिरिज महत्त्वपूर्ण रहेको र युएई कप्तान मोहम्मद वासिमले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको नेपाल र हङकङलाई पराजित गर्दै सिरिज उपाधि जित्ने लक्ष्य राखेको कप्तान रोहित पौडेलले बताए ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन् ।